तिम्रो नाम कोर्दा मसि पोखिएर हिलो भयो
यो धमिलो पानीसँगै मिसिएर बग्यौ तिमी
तर तिम्रो छायाँ झनै गाढा निलो निलो भयो
पक्कै पनि समझदारी नभएर हुनु पर्छ
नत्र किन हाम्रो मायाँ सधैं दुख्ने पिलो भयो
भन प्रिया भन किन अजम्बरी हाम्रो मायाँ
जडौरी झैँ फ्याँकिएको पितलको टीलो भयो
तिम्रो बाटो कुरी बसें जिन्दगी यो ढल्दासम्म
आउन त आयौ तर अलिकति ढिलो भयो
No comments:
Post a Comment